Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

‘म आफ्नै पहिचानले चिनिन चाहन्छु’

By आयो रैबार संवाददाता११ बैशाख २०८१, मंगलवार ११:४१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

अभिनेता दिलीप रायमाझीकी छोरी दिब्याले नेपाली फिल्म ‘एक्टर’बाट अभिनय करिअर थाल्दैछिन् । बैशाख २० गतेदेखि फिल्म छायांकन सुरु हुँदैछ । मंगलबार फिल्मको शुभसाइत गरियो । नेपाल आउनुअघि उनी एक अमेरिकी प्रविधि कम्पनीमा इन्टर्नको रुपमा कार्यरत थिइन् ।

मेरिल्याण्डको टाउसन विश्वविद्यालयमा संगीत, नृत्य र अभिनय विषयमा स्नातकोत्तर गरेकी दिब्या फिल्ममा करिअर बनाउने सोचसहित आएकी हुन् । नारीप्रधान फिल्ममा काम गर्न उनको इच्छा छ । अध्ययनका लागि अमेरिका गएकी दिब्या स्वदेश फर्किएर अब फिल्म करिअरमा ब्यस्त हुँदैछिन् । यी आयाममा रहेर उनले अनलाइनखबरसँग संक्षिप्त कुरा गरेकी छन् ।

‘एक्टर’सँग कसरी जोडिनुभयो ?

यो फिल्मको निर्देशकसँग हामीले पहिलेदेखि कुरा गर्दै आएका थियौं । आफ्नो रुचि सेयर गरेको कारण हामीबीच मित्रता थियो । उहाँले पहिला पनि अर्को फिल्मलाई लिएर प्रस्ताव राख्नुभएको थियो । प्रोजेक्ट, कथावस्तु र रोल पनि मनपर्‍यो, अनि नेपाल आइहालेँ ।

अभिनयमा आउने तपाईंको रुचि होे कि परिवारको सल्लाह ?

ड्याडीको रगतमै अभिनयको प्यासन छ । म पनि ड्याडीलाई नै देखेर हुर्किएँ । उहाँलाई स्क्रिनमा देख्दा म आफै प्रभावित हुन्थेँ । त्यही भएर मलाई पनि रुचि थियो । अमेरिका गएपछि न्यूयोर्कमा मैले नाटक शो हेर्न थालेँ । थिएटर हेर्दा मलाई पनि अभिनयको भोक जागेको थियो । त्यसले मलाई झनै बल मिल्यो । त्यसअघिदेखि नै रुचि थियो । फिल्ममै लाग्छु भनेर निर्णय लिएको चाहिँ अमेरिका गएदेखि हो ।

अभिनयमा लाग्न बुवाले तपाईंलाई कस्तो सल्लाह दिनुभयो ?

उहाँले पहिलेदेखि नै सल्लाह दिनुभएको छ । कडा मिहेनत र प्रतिभावान बन्न भन्नुहुन्छ । ट्यालेन्ट भएपनि कडा मिहेनतको मतलबै हुँदैन भन्नुहुन्छ । उहाँले मलाई जहिले पनि घचघच्याउनुहुन्छ । एक्टर बन्ने हो भने पनि उत्कृष्ट एक्टर बन्ने प्रयास गर भन्नुहुन्छ ।

तपाईं दिलीप रायमाझीकै छोरीको रुपमा चिनिन चाहनुहुन्छ कि आफ्नै पहिचान बनाउन चाहनुहुन्छ ?

निश्चय नै, दिलीप रायमाझीको छोरी हुनु भनेको सौभाग्यको कुरा हो । पहिलो फिल्म भएकाले पनि होला सबैले दिलीप रायमाझीकी छोरीको रुपमा चिन्नु हुन्छ । तर, क्रमशः अन्य फिल्म गर्दै जाँदा मेरै पहिचानले चिन्नुहुन्छ । मेरो सोच पनि आफ्नै पहिचान र आफ्नै नामले चिनिनु हो ।

अभिनय करिअरको थालनी गर्न आफूलाई मानसिकरुपमा कसरी तयार पार्नुभयो ?

एकदमै तयारी गर्नुपर्छ । टिकटक, इन्स्टाग्रामको जमानामा झनै केयरफूल हुनुपर्छ । कमेन्टबाट टाढै बस्नुपर्छ । मुटु कमजोर बनाउनुभएन । बलियो हुनुपर्छ । पर्फमेन्सको रुपमा पनि पहिला म थिएटरकै विद्यार्थी हुँ । वर्कसप पनि गरेकी छु । डान्सिङ क्लास पनि गैरहेकी छु । उद्योगमा स्थापित आफूलाई तयार गरिरहेकी छु ।

अभिनयमै भविष्य बनाउने योजना छ कि ?

अमेरिकामा म आइटीमा मास्टर्सकी विद्यार्थी हुँ । त्यो सबै छाडेर अब नेपालमा एक्टिङमा लाग्छु भनेर मुभ भएकी हुँ ।

अभिनेतृको रुपमा तपाईंलाई कस्ता पात्रमा खेल्न मन छ ?

अहिले भर्खर सुरुवात हुँदैछ । करिअरमा मच्योर्ड हुँदै गएपछि केकी अधिकारीजीको ‘बोक्सीको घर’, स्वस्तिमा खड्काजीको फिल्ममा जस्तै महिला प्रधान र सशक्तीकरणका फिल्ममा काम गर्ने मन छ ।

नेपाली फिल्म कत्तिको हेर्दै आउनुभएको थियो ?

उता बस्दा हजुरआमासँग बसेर नेपाली फिल्म हेर्ने सेड्युल हुन्थ्यो । युट्युवमा जे जे फिल्म छ, त्यही हेर्दै बस्थ्यौं ।

नेपालमा कुन निर्देशक, को-एक्टरसँग काम गर्न मन छ ?

हुनसक्छ भविष्यमा रेनशा राईसँग काम गर्न रहर छ । उहाँले महिला केन्द्रित कथावस्तुमा फिल्म बनाउनुभएको छ ।

पछिल्लो समय नेपाली युवाहरु विकसित मुलुकमा जान चाहन्छन् । यो सन्दर्भमा तपाईं विदेशको करिअर छाडेर नेपालमा भविष्य बनाउने निर्णय कसरी गर्नुभयो ?

धेरै मान्छे अमेरिका, अष्ट्रेलिया गैराख्नुभएको छ । उहाँहरुको आफ्नै बाध्यता छ । राम्रो एजुकेसन पाउन होला वा राम्रो फ्युचरको लागि हुनसक्छ । म पनि २०१६ मा अमेरिका गएकी हुँ । विदेश भनेको विदेश र स्वदेश भनेको स्वदेश हुने रहेछ । सबैजना मेरो जस्तो पोजिसनमा हुँदैनन् । ममी ड्याडी सर्पोटिभ भएको कारण आफ्ने देशमा फिर्ता आएर काम गर्ने मौका पाएँ । मलाई यही प्यासन र यहीमा लाग्छु भनेर आएकी हुँ ।

‘एक्टर’बाहेक अन्य लाइनअप प्रोजेक्ट तपाईंका के कस्ता छन् ?

धेरै प्रोजेक्टसँग कुरा भएको छ । आधिकारिक साइन गरेको छैन । सुटिङ डेट जुध्न सक्छ । सबै कुरा नमिल्न सक्छ । दुईवटा प्रोजेक्टमा कुरा भैराख्या छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति