Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

त्यसैले नहेरे पनि हुन्छ सलमानको ‘राधे’

By आयो रैबार संवाददाता२ जेष्ठ २०७८, आईतवार ०८:५०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं।हुन त सलमान खान फिल्म समीक्षा र समीक्षकप्रति कहिल्यै सकारात्मक थिएनन्, भएनन्।

सन् २०१९ मा ‘भारत’ फिल्मको रिलिजताका त उनले सार्वजनिक रुपमै भने, ‘जब जब समीक्षक मेरो फिल्मको प्रशंसा गर्छन्, मलाई डर लाग्न थाल्छ। किनभने उनीहरुको सोच म र मेरा दर्शकसँग कहिल्यै मेल खाँदैन। त्यसैले मलाई आश्चर्य लाग्छ, उनीहरु मेरो फिल्मलाई स्टार किन दिइरहेका छन् ? मेरो फिल्मबारे राम्रो कुरा किन लेखिरहेछन् ?’

इदको अवसर पारेर बिहीबारदेखि सलमानको फिल्म ‘राधे: योर मोस्ट वान्टेड भाइ’ विश्वभर रिलिज भएको छ। र, सायद यो पटक उनी समीक्षा पढेर डराएका छैनन्। डराउन् पनि कसरी, जबकी उनले फिल्ममा समीक्षकले राम्रो लेख्ने ठाउँ कतै छाडिदिएकै छैनन्। 

भनिरहनुपरेन, सलमान बलिउडका ठूला स्टार हुन्। उनी आफै बलिउडमा एउटा ‘जनरा’का रुपमा स्थापित छन्, ‘सलमान खान जनरा’। उनका फिल्म हेर्दा लाग्छ, उनी आफैमा फिल्मका पात्र हुन्, जो कहिले ‘राधे’, कहिले ‘चुलबुल पाण्डे’, कहिले ‘लभ्ली सिंह’ त कहिले अर्कै नाम बनेर आफै बाँचिरहेका छन्। प्रायः फिल्ममा उही स्टाइल, उही अदा, उही एटिट्युड, उस्तै हिँडाइ, उस्तै लवजमा प्रस्तुत हुनुले उनी सलमान खानभन्दा फरक देखिँदैनन्। 

सलमानका फिल्म हेर्दा लाग्छ, निर्देशकले कथा देखाइरहेका छैनन्, सिर्फ सलमान देखाइरहेका छन्। उनको अनुहारकै भरमा जम्मा हुने ठूलो भिड र बज्ने सिठ्ठीहरु पनि यसका कारण हुनसक्छन्, तर अब सिनेमा हलबाट ओटीटी प्लेटफार्ममा मोडिएका उनी कहिलेसम्म यसरी नै टिकिरहलान्, प्रश्न पक्कै उठ्छ नै। 

Radhe Your Most Wanted Bhai movie review: Salman Khan serves a mindless,  moronic mess of a film | Entertainment News,The Indian Express

अहिले भारतका केही सिमित हल र ओटीटी प्लेटफार्ममार्फत् रिलिज भएको ‘राधे’ कै चर्चा गरौँ। प्रभु देवाको निर्देशनमा बनेको यो फिल्ममा केही नयाँ छैन। पटकथा यति क्लिसे छ कि हामीले कयौँ पटक पर्दामा हेरिसकेको महसुस हुन्छ।
फिल्ममा सलमानले निर्वाह गरेको ‘राधे’ क्यारेक्टर सन् २००९ मा प्रभु देवाकै निर्देशनमा उनले अभिनय गरेको ‘वान्टेड’को ‘राधे’ भन्दा फरक छैन। यतिसम्मकी डायलग पनि पुरानै बोल्छन्, ‘जब मैं ने एक बार कमिटमेन्ट कर दिया, तो अपने भी नहीँ सुन ता !’ 

यो फिल्म मुम्बई शहरमा व्याप्त ‘ड्रग स्मगलिङ’ अर्थात् लागूऔषध कारोबारको कथामा केन्द्रित छ। शहरमा जब लागूऔषध तस्करका रुपमा राना (रणदिप हुड्डा)को इन्ट्री हुन्छ, त्यसपछि हत्या हिंसा बढ्छ, ससाना बालबालिकादेखि युवायुवतीसम्मले लागूऔषधका कारण ज्यान गुमाउँछन्। कुनै पनि सिनियर प्रहरी अफिसरले यो नियन्त्रण गर्न नसकेपछि निलम्बित प्रहरी अफिसर ‘राधे’ को खोजी हुन्छ। जो १० वर्षमा ९७ इन्काउन्टर र २३ पटक सरुवा भएका कारण चर्चित छन्। 

रानासम्म पुग्न र उसलाई पक्राउ गर्न राधेले गर्ने संघर्ष नै यो फिल्मको कथा हो। विषय गम्भीर भए पनि कथा साह्रै सतही छ। निर्देशक दर्शकलाई सिठ्ठी बजाउन उत्प्रेरित गर्ने सिन निर्माणमै केन्द्रित भएको देखिन्छ। चाहे त्यो उनले टिसर्ट फुकालेर ज्यान प्रदर्शन गर्दाको दृश्य होस्, या झ्याल फोडेर सुपरम्यान शैलीमा गरेको इन्ट्री। क्लिसे कथा, त्यहीमाथि सतही। अझ ब्याकग्राउन्डमा बज्ने ‘लाउड’ म्यूजिकले झर्को बनाउँछ। 

प्रायः साउथ इन्डियन हिट फिल्मको रिमेक बनाउँदै आएका सलमानको यो फिल्म सन् २०१७ को साउथ कोरियन हिट फिल्म ‘दि आउटलज’को रिमेक हो। तर, फिल्म हेर्दा धेरैजसो दृश्यले उनको पुरानै फिल्मको झल्को दिन्छ। 

सदाझै उही एटिट्युडमा एक्सन गर्ने, उसैगरी हिरोइनलाई फ्लर्ट गर्ने, आइटम गीतमा नाच्नेदेखि साउथ इन्डियन शैलीमा गुण्डाहरुलाई ढाल्ने, सबैसबै मसला सलमानले यो फिल्ममा पनि घुसाएका छन्। सायद सलमान ठान्दा हुन्, सुपरस्टारको फिल्म यी मसलाबाहेक अपुरा हुन्छन्। 

Radhe Your Most Wanted Bhai' Box Office Report: Here's how Salman Khan-Disha  Patani's film is getting response overseas

मोडलको भूमिकामा देखिएकी दिशा पटानीको चरित्रचित्रण सलमानको वरिपरी घुम्नेमा मात्रै सिमित छ। यस्तो लाग्छ, दिशाको ओठमा टेप लगाएर चुम्बन गर्ने दृश्य खिच्नकै लागि मात्र उनलाई राखिएको हो। नत्र उनको भूमिका फिल्ममा अर्थहीन लाग्छ। तर ‘सुपरस्टार’को फिल्ममा अभिनेत्रीको भूमिका सधैँ यसैगरी खुम्चिँदा पनि अर्थपूर्ण भइदिन्छ, योचाँहि आश्चर्यको विषय हो।

फिल्मको एक दृश्यमा सलमान यौन हिंसा गर्ने एक व्यापारीको घरमा पुग्छन् र ‘महिला जातका लागि सधैँ उभिइने’ डायलग हान्दै त्यसको धुँवादार धुलाइ गर्छन्। तर, उनको फिल्ममा महिला कलाकारको उपस्थिति हेर्दा त्यस्तो महसुस हुँदैन।

यो फिल्ममा रणिदप हुड्डा लागूऔषध तस्करको भूमिकामा देखिएका छन्। ‘हाइवे’, ‘वान्स अपन अ टाइम इन मुम्बई’, ‘मै और चाल्र्स’ जस्ता फिल्ममा अभिनय गरेर प्रशंसा कमाएका यी अभिनेताको भिलेन चरित्रले दर्शकमा अलिकति पनि ‘थ्रिल’ महसुस गराउँदैन। सलमानको बोसको भूमिकामा देखिएका ज्याकी श्राफ दर्शकमा हाँसो सिर्जना गर्न फिल्ममा ‘मिसकास्ट’ भएको कलाकारजस्तो लाग्छन्। 

क्लाइमेक्सको हेलिकप्टर फाइटको दृश्य अविश्वसनीयमात्रै होइन उत्तिकै हावादारी पनि लाग्छ। कोरोना महामारीले थलिएका बेला हलिउडमा कोरोना भाइरसले सुपरहिरो सिनेमाको अन्त्य गर्ने बहस निकै चल्यो। सिनेमाका सुपरहिरोहरू एलियन र एन्ड्रोइड सेनाविरुद्ध आक्रमण गर्न सक्छन्, हावादारीहरूको गोप्य षड्यन्त्रविरुद्ध लड्न सक्छन् तर, यो कोराना भाइरसविरुद्ध लड्न उनीहरू असमर्थ छन्, बिरामी छन् या मौन छन् भन्ने टिप्पणी पनि भयो। स्क्रिनमा सुपरहिरोहरूले बारम्बार विश्वलाई बचाएका छन्। 

हुन पनि हो, वास्तविक जीवनमा आइपरेको संकटसँग लड्न ‘मार्भल सिनेम्याटिक युनिभर्स’ ले बोकेको दर्शन र उनीहरूले जन्माएका सुपरहिरो यतिखेर साँच्चै कमजोर देखिएका छन्। तर, भारतले नराम्रोसँग महामारीको संकट सामना गरिरहेको यही समयमा रिलिज भएको सलमानको ‘राधे’ हेर्दा लाग्छ, उनी यथार्थ जीवनभन्दा धेरै पर जान चाहन्छन्, मार्भलको फिल्ममा जस्तो ‘सुपरहिरो’ बन्न चाहन्छन्। 

हुन त सलमानको फिल्म हेर्न जाँदा दिमाग घरमै राखेर जानु भन्छन् तर घरमै बसेर हेर्नुपर्दा कहाँ राख्ने ! यो फिल्म हेरेपछि सायद यस्तै महसुस हुन्छ।नेपाल समय

Author

  • आयो रैबार संवाददाता

    View all posts

समीक्षा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति