सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी एक दशकको शैक्षिक विकासलाई लक्षित गर्दै तयार पारिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गरेको छ।
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३ भदौ १६ गते बसेको बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको उक्त शिक्षा क्षेत्र योजना स्वीकृत गर्ने निर्णय गरेको हो।
यसैबीच, निवर्तमान सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक सञ्जालमार्फत शिक्षा क्षेत्र योजना स्वीकृत भएकोमा खुसी व्यक्त गर्दै सरकारलाई बधाई तथा शुभकामना दिएका छन्।
भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, “कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३/५/१६ गते बसेको बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ।
”उनले उक्त योजना निवर्तमान सरकारद्वारा तयारी अवस्थामा राखिएको उल्लेख गर्दै योजना पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको हातेमालो हुने विश्वास व्यक्त गरेका छन्।“
निवर्तमान सरकारद्वारा तयारी अवस्थामा राखिएको शिक्षा क्षेत्र योजना पारित भएसँगै अब यसको प्रभावकारी कार्यान्वयनमा सबैको हातेमालो हुने विश्वाससहित सरकारलाई बधाई तथा शुभकामना,” भण्डारीले उल्लेख गरेका छन्।दीर्घकालीन शैक्षिक विकासका लागि महत्वपूर्ण मानिएको उक्त योजना कार्यान्वयनमा प्रदेश सरकार, स्थानीय तह, शैक्षिक संस्था, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक देखिन्छ।
मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त शिक्षा क्षेत्र योजना स्वीकृत गर्ने निर्णय गरेको हो ।


