सर्वप्रथम ४० औ विश्व खाद्य दिवसअसरमा सबैमा शुभकामना दिन चाहन्छु । यसपटककाेखाद्य दिवस “हाम्रो पहल : दिगो कृषि , पोसिलो आहार” मुल नारा रहेको छ । हामीले मनाउने गरेका यी दिवस र हामीले गर्ने व्यवहारकाे तारतम्य कति मिलेकाे छ, कति मिलेकाे छैन हामीले महशुस गरेकै छाैं ।तथापी पंतिकार स्वयं खाद्य सम्प्रभुता सम्बन्धी विषयमा अध्ययन गरिरहेकाे हुनाले ।याे दिवसका अवसरमा केही चर्चा गर्ने जमर्काे गरेकाेछु ।
You cannot understand the value of food until you have stayed hungry.
Happy World Food Day !!
रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य फसल प्रजातिजस्तै हुन् । तर, यिनको कृषि आनुवांशिक स्रोतहरू बाली प्रजनन अनुसन्धान र विकासका लागि मूल्यवान् ठानिन्छन् ।
रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छन् ।
रैथाने बाली कुनै ठाउँविशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तितेफापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै पर्छन् । नेपालको उच्च तथा मध्यभेगीय जिल्लाहरू मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लामा रैथाने बाली छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेजस्ता रैथाने बाली पाइन्छन् ।
नेपालमा पछिल्लो समय विभिन्न बालीहरूको नयाँ जातको विकास र विस्तार मा बडी अध्यन र अनुसन्धान हुने र रैथाने बालीलाई बिर्सिएर आयातीत बालीको खेतीमा बढी जोड दिदा देशमै रहेका रैथाने बालीहरू लोपोन्मुख अवस्थामा छन् ।
रैथाने बालिको पकेट क्षेत्र कर्णाली प्रदेशमा नै प्रदेश सरकारले आफ्नै रैथाने बालीको संरक्षण गर्न बिर्सेको हो कि नसकेको हो सुन्दा र देख्दा बिरक्त लागेर आउँछ ।
स्थानीय हावापानी अनुकूलका, रोग, कीरा सहने बाली मासिँदै जानु खाद्य सुरक्षाका लागि मात्र होइन, जैविक विविधताकै दृष्टिले चिन्ताजनक मानिन्छ
रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्दै खाद्य पोषणतर्फ कृषिलाई अघि बढाउन सरकारी क्षेत्रबाट व्यापक सचेतना, तालिम र बहस आवश्य रहेको र निजी क्षेत्रसँग सहकार्य गर्दै लोपोन्मुख तथा रैथाने बालीको उत्पादन बढाउन प्रविधि, सीप, बजार र अनुसन्धानमा अझै पनि कमी भएको देखिन्छ ।
अहिले पनि नीति निर्मातामा रहेकाले कृषि बिज्ञ भनाउदाले रैथाने कृषि बालीका बारेमा ध्यान नदिँदा रैथाने बालिहरु पनि आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
बैंकले पनि कृषिका अन्य क्षेत्रलाई ऋण पत्याउने तर, कोदो खेती गर्छु भन्दा बैंकले ऋण नै नदिने गरेको देखिन्छ जस्ले गर्दा केही गर्छु भन्ने कृषक लाई दु:ख खेप्नुपरेको देखिन्छ
अब को अन्तिम बिकल्प भर्चुअल (zoom ) प्ल्याट फर्म छोडेर फिल्ड तिर कुदनु पर्यो कृषी बिज्ञ ज्यु हरु, संभावित क्षेत्र पहिचान गरि स्थानीयहरुलाइ रैथाने बाली लागाउन जोड दिन पर्ने देखिन्छ ।
रैथाने बालिको पकेट रहेको ठाँउमा रैथाने बाली उत्पादन विभिन्न परिकारका खाना हरु बनाउने र पर्यटकहरु लाई निम्तो दिनपर्ने देखिन्छ, जसले गर्दा रैथाने बालिको नि संरक्षण अनि स्थानीय व्यवसाय गर्ने जनता को आर्थिक स्थितिमा नि उन्नति हुन्छ ।
रैथाने बालिका प्रचुर संभावना रहेको कर्णाली मा सामाजिक तथा आर्थिक मूल्य बोकेका यी रैथाने बाली संरक्षण गर्न आजैदेखि जुटौं र लागिपरौ .