• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » संविधान दिवसको पदक : गुन लाउने र गुणगान गाउनेकै वर्चश्व
विचार/ब्लग

संविधान दिवसको पदक : गुन लाउने र गुणगान गाउनेकै वर्चश्व

आयो रैबार डेस्कBy आयो रैबार डेस्क४ आश्विन २०७७, आईतवार ०४:०४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

गोरखापत्र दैनिकमा २० साउन ०७७ मा प्राडा. बद्रिविलाश पोखरेलको एउटा लेख छापियो । जसको शीर्षक थियो,- अतुलनीय नेतृत्व । र, लेखमा पोखरेलले दाबी गरेका थिए कि ओली बहुविषय, विधा र क्षेत्रका जानकार हुनुहुन्छ । जननेता मदन भण्डारीले भनेझैँ ओलीले बोल्दा मात्रै आधा समस्या समाधान हुन्छ । 

पोखरेलको यो लेख छापिएको समयमा प्रधानमन्त्री ओलीको बेसार बखान उत्कर्षमा थियो । अनि, प्रधानमन्त्री ओली जे बोल्छन् त्यही विवादित भइरहेको थियो । रामको जन्मभूमि अयोध्या होस् वा बेसारको बखान । सरकार ढाल्न भारतीय चलखेल होस् वा आफ्नै पार्टीका नेताहरूलाई विदेशीको दलाल भनिएको सन्दर्भ । पोखरेलले लेखमा दाबी गरेजस्तो ओलीको बोलीले समाधान होइन संकट नित्याइरहेको थियो । २० साउनमा ओलीको गुणगानमा प्रशस्त शब्द खर्चिएका पोखरेल डेढ महिनापछि ३ असोजमा सुप्रबल जनसेवा श्री तृतीयबाट सम्मानित भए । 

प्रधानमन्त्री ओलीको प्रशस्ति गाएर पदक हात पार्ने पोखरेलजस्तै हुन्, दयालबहादुर शाही । धेरै वर्षदेखि ओलीको गुणगान गाउने मात्र होइन, ओलीको व्यक्तित्वमाथि पुस्तक नै लेखेका बाजुराका शाही नेकपाका जिल्ला तहका नेता पनि हुन् । जो, पूर्वएमाले कालमा भीम रावलविरुद्ध सुदूरपश्चिममा ओली खेमाबाट उभिन्थे ।

हुन त, गतवर्ष शाहीलाई प्रदेश प्रमुख बनाउने प्रयास भएको चर्चा पनि थियो । राजनीतिक पद प्राप्ति नगरेका शाही सुप्रबल जनसेवा श्री तृतीयबाट सम्मानित भइरहँदा इजरायलको राजदूत बनाउँदादेखि नै आफन्त भनेर विवादमा तानिएकी अञ्जन शाक्य झनै छुट्ने कुरा भएन । अर्थात् ३ असोज ०७७ मा प्रकाशित गणतान्त्रिक पदक पाउनेको सूचीमा प्रधानमन्त्री ओली र सरकारको गुणगान गाउनेहरूकै वर्चश्व देखिन्छ । 

गत वर्ष सिंगापुरमा उपचारमा संग्लन सिंगापुर र भारतका केही चिकित्सकलाई सम्मान दिएर गुण लगाएका ओलीले यस वर्षमा आफ्नो उपचारमा संलग्न चिकित्सकलाई सुप्रबल जनसेवा श्री तृतीयबाट सम्मानित गरेका छन् । चिकित्सकको दक्षतामाथि प्रश्नभन्दा पनि उपचारमा संग्लन भएकै कारण सम्मानित हुने प्रवृत्तिमा बढ्तोत्तरी ओलीले गराएको देखिन्छ ।

जस्तो, २१ फागुन ०७६ मा ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न डा. प्रेमराज ज्ञवालीलाई पुरस्कारबापत मानव अंग प्रत्यारोपण् केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए । ग्राण्डी अस्पतालमा समेत लगानी रहेको आरोप लागेका ज्ञवालीलाई सरकारी अस्पतालको नेतृत्व सुम्पिँदा पनि विवाद भएको हो । ज्ञवालीसँगै सुवासप्रसाद आचार्य पनि सुप्रवबल जनसेवा श्री तृतीयबाट सम्मानित भएका छन् ।

त्यसो त, आमादब्लम हिमालको चुचुरो ढाक्ने गरी कुबेतको राष्ट्रिय झण्डा टाँग्न सहयोग गरेको आरोप थियो, बेलायतमा बस्ने नेपाली आरोही निर्मल पुर्जामाथि । उनको सहयोगमा २७ कात्तिक ०७६ को शरदकालीन याममा कुवेतको सैनिक ओरोही युसुफ खयाल अल अलभातीले झण्डा टाँगेको भन्दै विवाद भएएको थियो । पुर्जा पनि कीर्तिमय राष्ट्रदीप चतुर्थबाट सम्मानित भएका छन् । 

अर्को आश्चार्य, एक महिनाअघि अक्सफोर्ड विश्वविद्यालयसम्बद्ध निकायले नेपालमा कोराना संक्रमणकै कारण झन्डै ५० हजारको मृत्यु हुने र २ करोड हाराहारी नेपाली संक्रमित हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । त्यसको नेपालमा समन्वय डा. सुरेश तिवारीले गरेका थिए, अक्सफोर्ड पोलिसी म्यानेजमेन्टको नेपाल प्रतिनिधिको रूपमा । र, अक्सफोर्ड विश्वविद्यालयको मोडलिङ प्रक्रिया र संख्यामा नेपालका जनस्वास्थ्य विज्ञले मात्र होइन, स्वास्थ्य मन्त्रालय स्वयंले पनि विरोध गरेको थियो । तर, तिनै तिवारीलाई सरकारले केही दिनअघि स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त मात्र गरेन, प्रबल जनसेवा श्री चतुर्थबाट सम्मानित पनि गर्‍यो । स्वास्थ्य मन्त्रालयलाई दाताको प्रभावमा पार्ने मुख्य पात्र नै तिवारी भएको आरोप पनि लाग्दै आएको छ ।

तिवारी सम्मानित भइरहँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख रुना झाको नाम भने बीचैमा काटियो । स्वास्थ्य मन्त्रालयले झा कारबाहीमा परेको भन्दै गृह मन्त्रालयलाई खबर गरेपछि झाको नाम काटिएको स्रोत बताउँछ ।  

प्रधानमन्त्री ओलीको लगाब रहेको भनिएको यती समूहनिकट दुई व्यक्ति पनि सम्मानित भएका छन् । यती समूहकै लगानी रहेको हिमालय एअरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठ पनि सम्मानित छन् । 

गृह मन्त्रालयअन्तर्गत विभूषण समितिका संयोजक इन्दजीत राई कोटाअनुसार सिफारिस भएर आएकाहरू सम्मानित भएको बताउँछन् । ‘कोभिड- १९ विरुद्ध फ्रन्टलाइनमा काम गर्ने १ सय ५० जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू सम्मानित गरेका छौँ, अरू चाहिँ सिफारिस भएर आएअनुसार भएका हुन्,’ राई भन्छन् । 

आफ्नै हात जगन्नाथ 

अर्ब भ्रष्टाचारका दर्जन मुद्दा तामेलीमा राख्ने वा छानबिन नै नगरी छोपछाप गरेको आरोप लागेका अख्तियार दुरुपाययोग अनुसन्धान आयोगका पूर्वप्रमुख नवीन घिमिर प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीयबाट सम्मानित भए । ‘कोटमा दाग लाग्न दिन्नँ’ भनेर सार्वजनिक सुनुवाइमा प्रतिबद्धता जनाएका घिमिरे अवकाश हुँदै गर्दा असफल भएर निस्केको आरोप लाग्यो । घिमिरे मात्र होइन, आयोगका अन्य दुई आयुक्त गणेशराज जोशी र सावित्री गुरुङ पनि सम्मानित भएका छन् । अख्तियारका सबै आयुक्त भइरहँदा निरन्तर बढेको ठूला भ्रष्टाचार मुद्दा निरन्तर तामेलीमा चढ्ने र एक हजार घूस आएको अभियोेगमा हिरासतमा लिएका घटना पनि स्मरणयोग्य छन् । 

पूर्वसचिव गोविन्द कुशुम माथिल्लो तहमा बस्नेले काम गरेको छ भनेर उपल्लो तहको नेतृत्वलाई विश्वास दिलाउन सक्नु पनि उपलब्धि मान्छन् । भन्छन्, ‘संस्थाको नेतृत्वहरू नै सम्मानित भएपछि संस्थाले राम्रो गरेको मान्नुपर्‍यो र राम्रो गरेको भनेर उपल्लो निकायलाई विश्वास दिलाउनु पनि ठूलो उपलब्धि हो ।’

रोचक पक्ष के छ भने, प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सम्मानित भइरहँदा नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा भने बढुवा भएको एक वर्ष नपगेका कारण सम्मानित भएका छैनन् ।

संविधान दिवसको दिन पारेर गणतान्त्रिक पदकबाट सम्मानित हुने ५ सय ९४ जनामा अधिकांश कर्मचारी छन् । मन्त्रालयका सचिवदेखि हलुका सवारी चालकसम्मको लामो सूचीले पदक ‘सरकारी कर्मचारी पदक’ झैँ लाग्छ । सम्मानित हुनेमा सात वटा मन्त्रालयका सचिव नै छन् । र, सचिवमा पनि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट सम्मानित हुँदा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव महेन्द्रप्रसाद गुरागाईं, शिक्षा सचिव संजय शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अर्का सचिज तीर्थराज ढकाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतम र निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईं भने सुप्रबल जनसेवा श्री तृतीयबाट मात्रै सम्मानित भएका छन् । 

राम्रो काम गरेको भन्दै दर्जन मन्त्रालयका सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी र सवारी चालकसम्म सम्मानित छन् । तिनै मन्त्रालय र निकाय बढ्ता विवादमा तानिनेमा पर्छन् । खाडीमा कार्यरत नेपालीलाई उद्धार गर्ने भनिएको चार्टड उडानको भाडादर नै महँगो र बिचौलियालाई पोस्ने खालको भनेर विवादमा मात्र आएको थिएन, उद्धारका लागि उडेको विमान रित्तै फर्काएको बात पर्यटन मन्त्रालयमाथि लागेको धेरै दिन भएको छैन । तर, त्यही मन्त्रालयका सचिव अधिकारी सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट सम्मानित भए । 

हरेक वर्ष कर्मचारी नै बढ्ता सम्मानित हुने प्रचलन पञ्चायतबाटै सुरु भएको भन्दै पूर्वसचिव गोविन्द कुशुम सुधार गर्नपर्ने मत राख्छन् । ‘पञ्चायतमा राजाको गुणगान गाउने कर्मचारीलाई पुरस्कृत र सम्मानित गरिन्थ्यो,’ कुशुम भन्छन्, ‘अहिले पनि त्यस्तै भएको देखिन्छ त्यसमा सुधार गर्नुपर्छ र नागरिक तहबाट पनि विश्वास र सम्मान महसुस हुने बनाउनुपर्छ ।’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

विज्ञापनले बनाउँदैछ बिरामी

१३ पुष २०७९, बुधबार १२:१०

का. चित्रबहादुर केसी र चोलेन्द्र समशेर जबरा प्रकरण

२ पुष २०७९, शनिबार ०५:२६

सर्वहारा साहित्यमा माओत्सेतुङको योगदान

२२ मंसिर २०७९, बिहीबार ०६:४०

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति