Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
फिचर

रोजगारीले रसुवा पुर्‍यायो,भोटेकोशीले इहलिला लियो!

By आयो रैबार संवाददाता१६ भाद्र २०८३, मंगलवार १२:२०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीय छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन् ।

त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले श्रीमान‍्लाई फोन गरिन्, तर फोन उठेन । पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उनीहरूबिचको अन्तिम बन्न पुग्यो ।


मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए । एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते आइतबार काममा फर्किएका थिए ।


सविनकी ठुलीआमा नानीमाया रानाका अनुसार आइतबार घरबाट हिँडेका उनी काठमाडौँ बसेर मङ्गलबार मात्रै रसुवा पुगेका थिए । बुधबारदेखि काम सुरु भएको थियो । “घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो । पाँच/छ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,” नानीमायाले भनिन्, “मङ्गलबार मात्रै रसुवा पुगेको थियो रे । त्यही बाढी आउने दिनदेखि काम सुरु भएको थियो रे । एकैछिनमा सबै सकियो ।”


सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन कुनै सुखद खबर आउने आशामा बस्यो । त्यसपछि सविनको खोजीमा आफन्त अस्पताल र शव राखिएका स्थानसम्म पुग्न थाले । अन्ततः सोमबार नवलपरासीमा फेला परेको एउटा शवसँग परिवारको खोजी टुङ्गियो । शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो । परिवारका लागि सविनलाई चिनाउने आधार बन्यो उनको बायाँ हातमा रहेको ट्याटु ।

भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युले हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको जानकारी दिए । सविनका बुबा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीय छोरी छन् ।

सविनको परिवार फोन आउने आशामा बसिरहँदा हेटौँडा उपमहानगरपालिका–५ ढुङ्गेधारामा अर्को परिवार पनि उस्तै बेचैनीमा थियो । दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए । छोरीलाई विद्यालय जान सहज होस् भनेर विद्यालय नजिकै कोठा भाडामा लिएर उनले परिवारलाई राखेका थिए ।

भदौ १० गते बिहान भोटेकोशीको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिन थालेपछि हेटौँडामा रहेका उद्धवका आफन्तले फोन गर्न थाले । उद्धवको फोन लागेन । पत्नी निरूको नम्बरमा पनि सम्पर्क हुन सकेन । केही समयका लागि तीनै जना बेखबर भए । भदौ ११ गते हेटौँडा उपमहानगरपालिकाको टोली उनीहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका लागि रसुवातर्फ निस्कियो ।

सडक अवरुद्ध भएकाले टोली काठमाडौँमै रोकियो । काठमाडौँका विभिन्न अस्पतालमा खोजी गर्दा उनीहरूबारे जानकारी नभेटिएपछि भदौ १२ गते टोली नुवाकोट पुग्यो । त्यहाँ नेपाल प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेकाहरूको सूचीमा दुई नाम भेटिए- निरू खड्का र निमिसा खड्का ।

आमा–छोरीको जीवितै उद्धारपछि हेटौँडा ल्याउने व्यवस्था मिलाइयो । निरू र निमिसा जीवित भेटिएपछि उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा होला भन्ने परिवारको आशा थपिएको थियो तर उद्धवको नाम कुनै उद्धार सूचीमा भेटिएन । परिवारका सदस्य अस्पतालदेखि सम्भावित स्थानसम्म खोज्दै हिँडे । अन्ततः भदौ १२ गते नवलपरासीमा उनको शव फेला पर्‍यो ।

हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार कामको व्यस्तताका कारण उद्धव सातामा एक दिनजति मात्रै परिवारसँग बस्न कोठामा आउने गर्थे । बाढी आउँदा उनी काममा थिए । कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि अरूसँगै भागेर ज्यान जोगाएका थिए । “उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन् । छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुल नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्,” वडाध्यक्ष घिमिरेले भने, “त्यो दिन बिहान एक्कासि बाढी आयो । श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन् ।” निरू र निमिसा हेटौँडा फर्किएका छन् ।

सविन चार वर्षदेखि र उद्धव दुई वर्षदेखि रसुवामा काम गरिरहेका थिए । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेलाई भने राम्रो आम्दानीको आशाले दुई महिनाअघि मात्रै रसुवा पुर्‍याएको थियो । त्यसअघि हेटौँडा–१५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा कार्यरत सुमन रसुवामा हाइड्रोपावरको स्काभेटर चालकका रूपमा काम गर्थे ।

बाढी आएको बिहान उनी रातिको काम सकेर फर्किएका थिए । बिहान करिब ६ः०० बजे उनले श्रीमती रेविकासँग फोनमा कुरा गरे । रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने तथा दिउँसो फेरि फोन गर्ने बताएका थिए । सुमनकी छिमेकी निर्मला घलानका अनुसार त्यो फोनपछि उनको फेरि श्रीमतीसँग कुरा हुन पाएन । “राम्रो तलब हुन्छ भनेर दुई महिनाअघि मात्रै उता काममा गएको थियो,” निर्मलाले भनिन्, “नाइट ड्युटी सकेर बिहान श्रीमतीसँग कुरा गरेको रहेछ । रातभरिको निद्रा छ, अहिले सुत्छु, दिउँसो फोन गरौँला भनेको थियो रे । बिहानै बाढीले बगाएछ ।”

बाढीको खबर पाएपछि परिवारले सुमनलाई पटकपटक फोन गरेको थियो, तर सम्पर्क हुन सकेन । निर्मलाका अनुसार सुमनका साथीहरूबाट परिवारले पाएको जानकारीमा बाढी आउँदा उनी सुतिरहेका थिए । साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको जानकारी परिवारले पाएको उनको भनाइ छ । परिवारको प्रतीक्षा अन्ततः सुखद रहेन । सुमनको शव पनि नवलपरासीमा फेला पर्‍यो । उनको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ छन् ।

सविन, उद्धव र सुमनका घर फरक थिए । रसुवा पुगेको समय फरक थियो । जिम्मेवारी पनि फरक थिए । तर तीनै जनालाई घरबाट टाढा पुर्‍याउने कारण एउटै थियो- रोजगारी ।

त्यही रोजगारीले तीनै जनालाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो । बाढी आउनुअघिसम्म तीनै जनाको परिवारसँग सम्पर्क थियो । सविनले श्रीमतीलाई ‘भरे कुरा गरौँला’ भनेका थिए । सुमनले रातिको कामपछि अहिले सुत्ने र दिउँसो फोन गर्ने बताएका थिए । उद्धवको पनि परिवारसँग अघिल्लो दिनसम्म कुराकानी भइरहेको थियो । त्यसपछि फोन लाग्न छाडे ।

परिवारले सुरुमा फोनको प्रतीक्षा गरे । त्यसपछि उद्धार गरिएकाहरूको सूचीमा नाम खोजे । अस्पताल पुगे । शव राखिएका स्थानसम्म आफ्ना मान्छेको खोजी गर्दै हिँडे । उद्धवको परिवारले निरू र निमिसालाई जीवित भेटेपछि उनी पनि फर्किने आशा राखेको थियो । सविनको परिवारले भने अन्ततः अनुहारबाट समेत चिन्न नसकिएको शवलाई हातको ट्याटुबाट पहिचान गरे ।

रोजगारीका लागि घरबाट निस्किएका तीनै जनाको खोजी अन्ततः घर फर्किने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुङ्गियो ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो ‘चमत्कारिक हरियो घर’

१६ भाद्र २०८३, मंगलवार १३:०५

विपद्मा विश्वविद्यालयको साथ : मध्यपश्चिम विश्वविद्यालयका कर्मचारीदेखि पदाधिकारीसम्मले तलबबाट सहयोग गर्ने

१६ भाद्र २०८३, मंगलवार १२:५४

कर्णालीको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ मन्त्रिपरिषद्बाट स्वीकृत

१६ भाद्र २०८३, मंगलवार १२:४८
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Twozero Labs

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति